Trend
मंगलबार , असार ३०, २०८३

बर्दिया- बढैयाताल गाऊपालिका वडा नं ६ मैनापोखरमा रहेको मैनापोखर भविष्य साना किसान कृषि सहकारी संस्था लि ले हालै निर्माण सम्पन्न हुदै गरेको विऊविजन भण्डारण गोदाम घर को निर्माण गर्दा हाल सम्म भएको खर्च यहि जेष्ठ ३ गते सार्वजनिक गरेको छ ।

एकिकृत कृषि तथा पशुपक्षी विकाश कार्यालय गुलरिया बर्दियाको आ.ब २०८२/०८३ को विऊ विजन पूर्वाधार विकास कार्यक्रम अन्तरगत लागत साझेदारीमा प्राप्त रकम रु ५ लाख रुपैयाँ र साना किसान कृषि सहकारी को ८ लाख ६० हजार ८० रुपैया गरी करिब १३ लाख ६० हजार ८० रुपैया को को खर्च आज सार्वजनिक गरिएको हो।

भने यस सहकारी को मिल भएको स्थानमा निर्माण सम्पन्न हुदै गरेको विऊ विजन भण्डारण गोदाम को खर्च सार्वजनिक कार्यक्रम मा गोदाम घर निर्माण गर्दा हाल सम्म भएको सम्पुर्ण खर्च को प्रतिवेदन सार्वजनिक गर्दै सहकारी संस्था का मुख्य प्रबन्धक माया पोख्रेल ले गोदाम घर को सम्पुर्ण कार्य निर्माण सम्पन्न गर्दा सम्म करिब २६ लाख खर्च हुने लागत स्ट्रिमेट रहेको मा साझेदारी निकाय प्राप्त बाट बजेट निकाशा गर्ने प्रयोजनको लागि बजेट खर्च सार्वजनिक सुनवाई गर्नु पर्ने भएकोले सम्पुर्ण कार्य सम्पन्न नहुदै खर्च भएको रकमको सार्वजनिक सुनवाई गर्नु परेको वाध्यता सुनाउनु भयो ।

यस यस विऊ विजन भण्डारण गोदाम घरको घर को सम्पुर्ण निर्माण कार्य सम्पन्न भए पश्चात पुन सार्वजनिक सुनवाई गरिने समेत जानकारी दिनुभयो साथै यस कार्यक्रम मा संस्थाले जेष्ठ मसान्त सम्म गरेको कारोबारको प्रतिवेदन समेत सार्वजानिक गरिएको थियो ।

कार्यक्रम मा संस्थाका अध्यक्ष विष्णु प्रसाद लम्साल कार्यक्रम का प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष शुक्र राज सापकोटा कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव लगायत ले मन्तव्य राखेका थिए भने कार्यक्रम मा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राम प्यारी थारू ले राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP