Trend
मंगलबार , असार ३०, २०८३

लुम्बीनी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक अच्युत गिरी

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / लुम्बीनी प्रदेश प्रहरी कार्यालय दाङ ले ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया का प्रमुख प्रहरी निरीक्षक अच्युत गिरी लाई २०८३ साल जेठ महिनाको लुम्बीनी प्रदेशस्तरीय ‘सर्वोत्कृष्ट प्रहरी’ (वेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।
लुम्बीनी प्रदेशका १२ जिल्लामा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा गिरी सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
लुम्बीनी प्रदेश प्रहरी कार्यालय दाङले मंगलबार जारी गरेको सूचना अनुसार विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
लुम्बीनी प्रदेश अन्तरगत ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया को नेतृत्व सम्हाल्दै आएका प्रहरी निरीक्षक गिरी ले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गर्दै संगठनको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएपछि उनलाई जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो
आफु मतहतका प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुस्त रुपमा परिचालन तथा व्यवस्थापन गरी भन्सार चोरी पैठारी नियन्त्रण, अपराध नियनत्रण तथा अनुसन्धान, जनचेतना अभिवृद्धि तथा फैसला कार्यान्वयनको क्षेत्रमा इन्स्पेक्टर अचुत गिरीले गर्नुभएको महत्त्वपूर्ण एवम् उल्लेखनीय कार्यहरुको कदर गर्दै इन्स्पेक्टर गिरीलाई २०८३ साल जेठ महिनाको उत्कृष्ठ प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको लुम्बीनी प्रदेश प्रहरी कार्यालय ले जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP