Trend
शनिबार , भाद्र २७, २०८३

करिब २ किलो अफिमसहित ३ पक्राउ
बर्दिया,असार ५
करिब २ किलोग्राम लागु औषध अफिमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–८ स्थित एक घरबाट लागु औषध अफिमसहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला जाजरकोट बारेकोट गाउँपालिका–४ का ४६ वर्षीय यन बहादुर रावत, सोही ठाउँका ४२ वर्षीय लोकेन्द्र बहादुर रोकाय र जिल्ला रोल्पा गंगादेवी गाउ“पालिका–६ का ४८ वर्षीय केशर सिंह केसी रहेका छन् ।
चेकजाँचको क्रममा झोलाभित्र लुकाई छिपाई राखेको १ किलो ९ सय २६ ग्राम लागु औषध अफिम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । साथै भे ९ प ६२९६ नंम्बरको मोटरसाइकल, ४ वटा मोबाइल र नगद भारतीय रु ८ हजार ३ सय बरामद भएको जनाईएको छ । लागु औषध अफिमसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक बोहराका अनुसार जेठ महिनामा लागु औषध ब्राउन सुगर १३ ग्राम ५ सय ६९ मिलिग्राम तथा गाँजासहित २८ जना पक्राउ परेका छन् । साथै लागु औषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकलाईसमेत नियन्त्रणमा लिई कानुनी दायरामा ल्याईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP