Trend
बिहिबार , अषोज २२, २०८३
अफजल खान

बर्दिया,असार ५ / निर्माणधिन कल्भर्टको वनका कर्मचारीले सरिया काटेका छन् ।

बारबर्दिया नगरपालिका–४ निर्माण भईरहेको कल्भर्टको वनका कर्मचारीले बिहीबार सरिया काटेका हुन् ।

पराम्परादेखि चलन चल्तीमा रहेको बाटोमा कल्भर्ट निर्माण हुँदा वनका कर्मचारीले सरिया काटेर रोक्न खोज्दा डिभिजन वन कार्यालयको चौतर्फी आलोचना भईरहेको छ ।

अघिल्लो साता देखि उक्त कल्भर्टको निर्माण सुरु भएको थियो । वनका कर्मचारीले निर्माणधिन कल्भर्टको सरिया काट्दा स्थानीय आक्रोसित बनेका छन् ।
बैरियाघाटस्थित बबई नदीमा रहेको झोलुङ्गे पुल जाने बाटोमा खाल्डो रहेको हुँदा बर्खामा आवतजावत गर्न सर्वसाधारणलाई सास्ती व्यहोर्नु पर्छ ।
झोलुङ्गे पुल जाने बाटोमा खाल्डो हुँदा सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गरी बिग्रुप संस्थासँग समन्वय गरी कल्भर्ट निर्माण सुरु भएको बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले बताउनु भयो । सामुदायिक वनसँग समन्वय गरी निर्माण भईरहेको कल्भर्टको वनका कर्मचारीले सरिया काटेको जनाउनु भयो ।
अनुमति नलिई वन क्षेत्रमा कल्भर्ट निर्माण गरेकाले वनका कर्मचारीले सरिया काटेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP