Trend
मंगलबार , असार ३०, २०८३
अफजल खान

बर्दिया,असार ५ / निर्माणधिन कल्भर्टको वनका कर्मचारीले सरिया काटेका छन् ।

बारबर्दिया नगरपालिका–४ निर्माण भईरहेको कल्भर्टको वनका कर्मचारीले बिहीबार सरिया काटेका हुन् ।

पराम्परादेखि चलन चल्तीमा रहेको बाटोमा कल्भर्ट निर्माण हुँदा वनका कर्मचारीले सरिया काटेर रोक्न खोज्दा डिभिजन वन कार्यालयको चौतर्फी आलोचना भईरहेको छ ।

अघिल्लो साता देखि उक्त कल्भर्टको निर्माण सुरु भएको थियो । वनका कर्मचारीले निर्माणधिन कल्भर्टको सरिया काट्दा स्थानीय आक्रोसित बनेका छन् ।
बैरियाघाटस्थित बबई नदीमा रहेको झोलुङ्गे पुल जाने बाटोमा खाल्डो रहेको हुँदा बर्खामा आवतजावत गर्न सर्वसाधारणलाई सास्ती व्यहोर्नु पर्छ ।
झोलुङ्गे पुल जाने बाटोमा खाल्डो हुँदा सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गरी बिग्रुप संस्थासँग समन्वय गरी कल्भर्ट निर्माण सुरु भएको बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले बताउनु भयो । सामुदायिक वनसँग समन्वय गरी निर्माण भईरहेको कल्भर्टको वनका कर्मचारीले सरिया काटेको जनाउनु भयो ।
अनुमति नलिई वन क्षेत्रमा कल्भर्ट निर्माण गरेकाले वनका कर्मचारीले सरिया काटेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP