लागु औषधसहित दुई जना पक्राउ
बर्दिया,असार ६
लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–८ स्थितबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय मेहदी हसन अन्सारी र वडा नंम्बर ८ का २३ वर्षीय भुपेन्द्र राना क्षेत्री रहेका छन् । शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ९ ग्राम ५ सय १० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।






