ज्ञानेन्द्र पोख्रेल
बर्दिया-इलाका प्रहरी कार्यालय मैनापोखरले गयराती नेपालबाट भारततर्फ लैजादै गरेको करिब २२ लाख मूल्यभन्दा बढीको मोबाइल फोन बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहाबाट बरामद गरेको छ ।
६ ओटा साईकिलमा लोड गरि भारतको बलैगाऊ तर्फ लैजाने उद्देश्यले लैजादै गरेको अवस्थामा यहि अषाढ ८ गते रातको ११. ३० बजेको समयमा नेपाल भारत सिमा क्षेत्र फुटाह बाट वरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले गस्ती गर्दे जाने क्रममा तस्करहरू ले प्रहरी टोलीलाई देखेपछि सामान छोडी तस्कर हरु फरार भएका थिए । भने वरामद मोवाईल लाभा कम्पनीको कि प्याड मोवाइल ९८२ थान रहेको थियो भने उक्त वरामद मोवाइल फोनको अन्दाजी वजार मुल्य २२ लाख ६७ हजार २८ रुपैया बराबरको रहेको प्रहरी ले जनाएको छ भने उक्त वरामद मोवाईल आवाश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दिया का निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक लोक राज अवस्थी ले विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन । भने हालका दिनहरूमा ईलाका प्रहरी कार्यालय मैनापोखर ले सिमा क्षेत्रमा निरन्तर सक्रियता बढाए संगै चोरी तस्करी, लागु औषध ओसार पसार , अवैध गतिविधि सञ्चालन लगायतका कृयाकलाप केही हद सम्म नियन्त्रण हुदै गई रहेको र शान्ती सुरक्षा को अवस्था समेत चुस्त दुरुस्त रहेको बासीन्दाहरुले बताएका छन् ।






