Trend
शुक्रबार , असार १२, २०८३

ज्ञानेन्द्र पोख्रेल अषाढ ११ गते बर्दिया ,
हुलाक सेवा मार्फतबर्दिया मा पनि घर घर मै राहदानी पुऱ्याउन शुरू गरेको छ।

नेपाल सरकारको निर्णय बमोजिम राहदानी सेवाग्राहीलाई सहज, सरल र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले हुलाक सेवामार्फत सेवाग्राहीको घर ठेगानामा राहदानी वितरण गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।

यसै क्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि जारी भएका राहदानीमध्ये पहिलो पटक हुलाक सेवामार्फत सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गरिएको छ।

यहि अषाढ १० गते जिल्ला प्रशासन कार्यालय बर्दिया बाट जारी भएका राहदाजी जिल्ला हुलाक कार्यालय, बर्दिया मार्फत सेवाग्राही को घर घर मै पुऱ्याई वितरण गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय बर्दिया ले दिएको छ यसरी बाँसगढी नगरपालिका वडा नं. ५ बाँसगढीका एक जना सेवाग्राही र बढैयाताल गाउँपालिका वडा नं. २ सितापुरका एक जना सेवाग्राही गरी जम्मा २ थान राहदानी सम्बन्धित सेवाग्राहीलाई बुझाईएको हो ।

सेवाग्राही हरु लाई राहदानी लिनका लागि जिल्ला सदरमुकामसम्म पटक–पटक धाउनुपर्ने बाध्यता कम हुने र समय तथा खर्चको समेत बचत हुने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय बर्दिया ले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रविधिमैत्री तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत सेवाग्राहीको सहजता र पहुँच अभिवृद्धि हुने गरी सेवा सुधारका कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP