Trend
शनिबार , भाद्र २७, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया- बढैयाताल गाऊ पालिका वडा नं ७ ले अति विपन्न परिवारलाई निशुल्क रूपमा सोलर बत्ती वितरण गरेको छ ।
लुम्बीनी प्रदेश सरकार उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय को आर्थिक सहयोग र ७ न वडा कार्यालय को समन्वयमा उपलब्ध सोलार बत्ती अति विपन्न वर्गका परिवार जसले घरमा विद्युत जडान गर्ने सकेका छैनन् त्यस्ता विपन्न वर्गका परिवार छनौट गरी निशुल्क रूपमा सौर्य उर्जा वितरण गरिएको जानकारी वडा नं ७ का अध्यक्ष राधेश्याम थारू ले दिएका छन
यसै गरी निशुल्क सोलर उर्जा पाउने बढैयाताल वडा नं ७ पडरिया का धनीराम पासीले भने हामीहरू अहिले सम्म अन्धकारमा थियौँ सोलर उर्जा पाए पछि घरै उज्यालो भएको छ भने वालवच्चाहरु ले उज्यालोमा पढन लेख्न पाएका छन् भन्दै खुसी व्यक्त गरे भने यसै गरी खुशी व्यक्त गर्दै वडा नं ७ पचासा टोलका बिमला नेपाली ले भने हामीहरु लाई बल्ल गाँउघरमा सिंह दरवार आए जस्तो भएको छ उहाँले भन्नु भयो घर उज्यालो हुदाँ मनै उज्यालो भएको छ । यसै गरी बकोटिया टोल की रिमा थारू ले अहिले सम्म जिवन अन्धकार मा विताई रहेकोमा सोलार बत्ती पाए पछि जिवन नै उज्यालो हुने भन्दै खुसी व्यक्त गरिन् उनले भनिन् बल्ल हामीलाई गाऊघरमा गरीब को पक्षमा सरकार रहेको अनुभूति भएको छ ।
यसै गरी ३ आ.व ०८२/०८३ को लुम्बिनि प्रदेश उर्जा जलश्राेत तथा सिचाई मन्त्रालयकाे सहयाेग मा बढैयाताल गाउपालिका वडा नँ ७ काे समन्वयमा बकाेटीया टाेल का ७ घर , पचासा टाेल का २ घर , कण्ठपुर टाेल का ७ घर , कर्णालिपुर टाेलका १ घर , पडरिया टाेलमा ७ घर र राजापुर टाेल मा १ घर गरि जम्मा २५ घरमा घरेलु साैर्य उर्जा बत्ति निशुल्क रूपमा घर घरमा पुगी जडान गरिएको वडा अध्यक्ष राधेश्याम थारू ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP