Trend
बिहिबार , अषोज २२, २०८३

बर्दिया,असार
खोलामा नुहाउने क्रममा दुर्घटनामा परेकी नेचर गाइड सीतारानी चौधरीको निधन भएको छ । ठाकुरबाबा नगरपालिका–९ की नेचर गाइड सीतारानी चौधरीको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । मृतक चौधरी प्रकृति पथ प्रदर्शक संघ बर्दियाकी कोषाध्यक्ष समेत हुन् ।


केही दिन अघि ठाकुरद्वारा स्थित पट्टु खोलामा नुहाउने क्रममा दुर्घटनामा परि नेचर गाइड चौधरीको मेरुदण्डमा गम्भिर चोट लागेको प्रकृति पथ प्रदर्शक संघकी सचिव शुसीला महताराले बताईन् । ‘खोलामा जम्प गर्ने बेला मेरुदण्डमा गम्भिर चोट लागेको थियो,’सचिव महताराले भनिन्,‘ काठमाडौं स्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।’
मृतक नेचर गाइड विगत ११/१२ वर्ष देखि बर्दिया राष्ट्रिय निकुञ्ज आउने पाहुनालाई सुरक्षित सफारी गराउँदै आएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP