Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया,असार
खोलामा नुहाउने क्रममा दुर्घटनामा परेकी नेचर गाइड सीतारानी चौधरीको निधन भएको छ । ठाकुरबाबा नगरपालिका–९ की नेचर गाइड सीतारानी चौधरीको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । मृतक चौधरी प्रकृति पथ प्रदर्शक संघ बर्दियाकी कोषाध्यक्ष समेत हुन् ।


केही दिन अघि ठाकुरद्वारा स्थित पट्टु खोलामा नुहाउने क्रममा दुर्घटनामा परि नेचर गाइड चौधरीको मेरुदण्डमा गम्भिर चोट लागेको प्रकृति पथ प्रदर्शक संघकी सचिव शुसीला महताराले बताईन् । ‘खोलामा जम्प गर्ने बेला मेरुदण्डमा गम्भिर चोट लागेको थियो,’सचिव महताराले भनिन्,‘ काठमाडौं स्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।’
मृतक नेचर गाइड विगत ११/१२ वर्ष देखि बर्दिया राष्ट्रिय निकुञ्ज आउने पाहुनालाई सुरक्षित सफारी गराउँदै आएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP