Trend
मंगलबार , असार ३०, २०८३

बर्दिया,असार


धान रोपाई गरेर गुलरियामा धान दिवस तथा रोपाई महोत्सव मनाईएको छ । ‘जलवायु मैत्री प्रविधि, धानमा आत्म निर्भरता र समृद्धि’भन्ने मुल नारासहित सोमबार २३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको हो ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आर्थिक सहयोग, कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेको सहकार्यमा र सुनौला महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा गुलरिया नगरपालिका–३ खैरी स्थित धान दिवस तथा रोपाई महोत्सवमा मनाईएको छ ।
धान दिवसमा सहभागीहरुले तयार गरिएको खेतमा धान रोपाई गरेका थिए । धान दिवसमा सहभागी प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयकी प्रमुख कमला अधिकारीलगायतले धान रोपेका थिए ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको अनुसार जिल्लामा ५० हजार १ सय ५० हेक्टरमा बर्र्खे धान खेती हुन्छ । जसमा असार १५ गतेसम्म १८ प्रतिशत मात्र रोपाई भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP