
बर्दियामा ब्राउन सुगरसहित बाँकेका दुई जना पक्राउबर्दिया,असार
लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट बाँके कोहलपुर नगरपालिका–९ का २६ वर्षीय सरोज कुमार थारु र ३० वर्षीय सुबास चौधरीलाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । दुवै जना भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा २ ग्राम ९ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । यस्तै उनीहरुको साथबाट रु २ हजार ४ सय ४५ र २ वटा किप्याड मोबाइलसमेत बरामद भएको जनाईएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान भईरहेको निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक टेक बहादुर देउवाले जानकारी दिनुभयो ।





