Trend
मंगलबार , असार ३०, २०८३

ज्ञानेन्द्र पोख्रेल बढैयाताल, बर्दिया

महिला स्वास्थ्य स्वयंसेविका हरुले निरन्तर प्रवाह गर्ने सेवा सुविधालाई अझ बढी प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बढैयाताल गाऊ पालिकाका विभिन्न वडाहरुले आफ्ना स्वस्थ्य संस्थामा रहेका महिला स्वास्थ्य स्वयंसेविका हरुलाई नयाँ साइकिल वितरण कार्य लाई निरन्तरता दिएका छन् ।

केही दिन अगाडी बढैयाताल गाऊपालिका वडा नं ७ ले आफ्ना वडा मातहतका महिला स्वास्थ स्वयम सेविकहरू लाई एक एक थान नयाँ साइकिल र छाता वितरण गरेको जानकारी वडा नं ७ का अध्यक्ष राधेश्याम थारू ले दिएका छन् ।
यहि अषाढ १९ गते बढैयाताल गाउँपालिका वडा नम्बर ६ ले आफ्नो वडा मातहतका १३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एक एक थान नयाँ साइकिल वितरण गरेको छ।अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो सेवालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले स्वयंम सेविकाहरूको हौसला बढोस् भनी वडा कार्यालयको बजेटबाट नयाँ साइकिल वितरण गरिएको जानकारी कार्यक्रम का सभापति तथा वडा नम्बर ६ का अध्यक्ष सुक्रराज सापकोटाले दिए। आज भएको साइकल वितरण तथा सम्मान कार्यक्रम मा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी , वडा नम्बर ६ का अध्यक्ष शुक्रराज सापकोटाल’ स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल, स्वास्थ्य फोकल पर्सन रमेश पौडेल, वडा सचिबमहिला स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरु ,स्वास्थ्य संस्था व्यवस्थापन समितिका सदस्यहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यक्रम का प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले भन्नुभयो महिला स्वास्थ्य स्वयंसेविकाहरूको स्वास्थ्य सेवा एकदमै ठूलो योगदान रहेको र उहाँहरुले पाउने सेवा सुविधा एकदमै न्यून रहेको भएपनि उहाँहरुले गरेको कामको प्रशंसा गर्नु भयो। साथै स्वास्थ्य सेवाको पहिलो पोइन्ट नै महिला स्वास्थ्य स्वयंसेविकाहरू भएकोले उहाँहरूको कामको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नु। यसै गरी कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष सुखराज सापकोटाले आफूले विकास निर्माणको केही बजेट कटौती गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो भने आगामी दिनहरुमा आफूले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै महिला स्वास्थ्य स्वयं सेविका हरुको तर्फ बाट विजया तिमिल्सीनाले आफनो भनाई राख्दै राख्दै आफूहरूको कामको सम्मान गर्दै वडा कार्यालयले साइकल वितरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो साथै उहाँले स्थानीय सरकारले आफूहरुलाई राम्रोसँग दिनुपर्ने सेवा सुविधा नदिएकोमा दुखेसो व्यक्त गर्नुभयो । आजको कार्यक्रममा वडा नम्बर ६ बाट उमेर हदका कारण सेवानिवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविका कलावती थारुलाई कदरपत्रले सम्मान गरिएको थियो। यस कार्यक्रमको सञ्चालन मैनापोखर स्वास्थ्य संस्थाका प्रमुख टोलप्रसाद लामिछानेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP