Trend
शनिबार , भाद्र २७, २०८३
ज्ञानेन्द्र पोख्रेल

बर्दिया- बर्दिया बढैयाताल गाऊपालिका वडा नं ३ सिमरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य तिन जना सामान्य घाईते भएका छन् ।

यहि अषाढ १९ गते साँझ को अन्दाजी ५ बजेको समयमा आफ्नै घर नजिकै रहेको खेतमा धान रोपाई गरिरहेको अवस्थामा चट्याङ परेको थियो भने चट्याङबाट सोही ठाउँ बस्ने वर्ष ४५ का बेलास कुर्मी गम्भीर घाईते भएको भन्ने प्रहरी लाई जानकारी भए पश्चात तत्कालै उक्त ठाउँमा इलाका प्रहरी कार्यालय मैनापोखरको टोली पुगी घाइते निज कुर्मीलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र उपचारको क्रममा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मैनापोखरबाट जानकारी प्राप्त भएको हो।
भने सोही ठाउँमा रोपाइ गर्दै गरेका अन्य स्थानिय तीनजना लाई पनि सामान्य समस्या भएको थियो भने तिन जना मध्ये एकजना वर्ष १६ कि गायत्री कुर्मीलाई स्थानीय मेडिकलमा उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको निजको आफन्त ले जानकारी दिएका थिए । घटना भएलगत्तै उक्त स्थानमा तत्कालै प्रहरी पुगी घटनामा घाइते भएकाहरूको उद्धार गरिएको जानकारी ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक अच्चुत गिरी दिएका हुन् । भने हाल मृतक कुर्मी को शब पोस्टमार्टम को लागि भेरी अस्पताल नेपालगंजमा राखीएको प्रहरी ले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP