Trend
मंगलबार , असार ३०, २०८३

सिरहाका १०० अनाथ बालबालिकालाई नगद तथा हाइजिनिक किट वितरण

सिरहा। सामाजिक संस्था हेल्पिङ हार्ट नेपालले सिरहा जिल्लाका १०० जना अनाथ बालबालिकालाई नगद सहयोग तथा हाइजिनिक (स्वच्छता) किट वितरण गरेको छ।

संस्थाले आयोजना गरेको कार्यक्रममा बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक जीवनलाई सहज बनाउन नगद सहयोगसँगै साबुन, टूथब्रस, टूथपेस्ट, स्यानिटरी सामग्रीलगायत अत्यावश्यक स्वच्छता सामग्री समेटिएको हाइजिनिक किट प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले आर्थिक रूपमा विपन्न तथा अभिभावकविहीन बालबालिकाको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको बताए। उनीहरूले यस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
सहयोग प्राप्त गरेका बालबालिका तथा अभिभावकहरूले संस्थाप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले उनीहरूको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकतामा ठूलो राहत पुगेको बताएका छन्।

संस्था हेल्पिङ हार्ट नेपालले विगतदेखि नै नेपालका विभिन्न जिल्लामा अनाथ, विपन्न तथा जोखिममा रहेका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा राहतसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP