Trend
बिहिबार , अषोज २२, २०८३
ब्राउन सुगरसहित बढैयातालका एक जना पक्राउ

बर्दिया,असार २५
लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–१ का ३० वर्षीय बिकास हमाललाई प्रहरीले लागु औषधसहित मंगलबार राती पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–१ ठुलो डाँफे स्थित भारतबाट नेपालतर्फ आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु ब्राउन सुगर फेला परेको जनाईएको छ । हमालको साथबाट १ ग्राम ९ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिगो पदार्थ, नगद रु १ हजार ८ सय ९० र एउटा मोबाईल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । हमाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP