Trend
मंगलबार , असार ३०, २०८३
ब्राउन सुगरसहित बढैयातालका एक जना पक्राउ

बर्दिया,असार २५
लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–१ का ३० वर्षीय बिकास हमाललाई प्रहरीले लागु औषधसहित मंगलबार राती पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–१ ठुलो डाँफे स्थित भारतबाट नेपालतर्फ आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु ब्राउन सुगर फेला परेको जनाईएको छ । हमालको साथबाट १ ग्राम ९ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिगो पदार्थ, नगद रु १ हजार ८ सय ९० र एउटा मोबाईल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । हमाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP