Trend
मंगलबार , असार ३०, २०८३
ठुलो परिमाणमा अवैध सामानसहित दुई पक्राउ

बर्दिया,असार २५
भन्सार छली अबैध रुपमा ल्याईएको ठुलो परिमाणको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ स्थितबाट अबैध सामानसहित कैलाली घोडाघोडी नगरपालिका–११ पहलमानपुरका ४४ वर्षीय चुनुराम चौधरी र कैलाली टिकापुर नगरपालिका–१ का ३० वर्षीय अजय चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
सुपप्र ०१–००१ क १९९१ नंम्बरको मिनी ट्रकमा सामान लोड गरि कैलालीबाट तारातालतर्फ ल्याईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बरामद फेन्सी, कपडा तथा अन्य सामानसहित मिनी ट्रकको बरामद मुल्य रु ३२ लाख ६३ हजार ६ सय रहेको छ । नियन्त्रणमा लिइएका सामानसहित व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP