Trend
शनिबार , साउन ९, २०८३

ज्ञानेन्द्र पोख्रेल ,बर्दिया – घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजना तथा कमैया महिला जागरण समाजको समन्वयमा बर्दिया जिल्ला भित्र रहेका श्रमिकहरू र श्रमिक सञ्जालहरू बीच अन्तरक्रिया कार्यक्रम यहि असार ३१ गते बर्दियाको गुलरिया मा सम्पन्न भएको छ ।

बर्दिया का आठ ओटै पालिका मा रहेका असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरू र श्रमिक सन्जालका प्रतिनिधि हरु यस कार्यक्रम मा सहभागी रहेका थिए भने कार्यक्रम मा श्रमिक अधिकार का विषय र असंगठिक क्षेत्रमा काम गर्ने श्रमिकहरु लाई रोजगार दाताले दिनुपर्ने सेवा सुविधा र श्रम ऐन मा गरिएको व्यवस्था कार्यान्वयन को अवस्था विषयमा राधा कृष्ण जनसेवा केन्द्र का जितराम चौधरी ले सलाईड मार्फत प्रस्तुतीकरण गरी सहभागीहर लाई स्पष्ट पारेका थिए
भने नेपालको संविधान २०७२ मा श्रमिकको हकमा भएको व्यवस्था सम्बन्धमा बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी ले कार्यक्रममा सहभागी भएका हरु लाई जानकारी दिएका थिए भने कार्यक्रम मा सहभागी भएका श्रमिकहरु बाँसगढी नगरपालिका वाट गिता कुमाल ,राजापुर नगरपालिका बाट विरु थारू, अनिता चौधरी, कृष्णा थारू र बढैयाताल गाऊपालिका बाट सुनिता थारू लगायतका श्रमिकहरु ले रोजगारदाता हरुले तोकिएको ज्याला नदिने , हाजिर पुस्तिका नदिने , हाजिरी नगराउने , समयमा ज्याला नदिने , अधिकार को विषयमा कुरा उठाउदा काम बाट निकाल्ने, सुरक्षा सामाग्री उपलब्ध नगराउने , जोखिम मोलेर काम गर्नु पर्ने, नियामक निकायले श्रमिकहरु अवस्था बारे बेखवर रहने , महिला र पुरुषबीच असमान ज्याला दिने, दुर्घटना बीमाको व्यवस्था नगरिकन काम मा लगाउने लगायतका समस्या रहेको कार्यक्रम मा दुखेसो पोखेका थिए । भने कार्यक्रम मा कार्यक्रम का प्रमुख अतिथि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल ले श्रम तथा रोजगार कार्यालय बर्दियामा नरहेको र श्रमिकको विषयमा श्रम तथा रोजगार कार्यालय ले काम गर्ने भएकोले बर्दियाका श्रमिकहरु ले राखेका समस्याहरू का सम्बन्धमा उक्त कार्यालय संग आजै कुरा गरी समस्या समाधान का विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने श्रमिक हरु पनि आफ्नो अधिकारको विषयमा चनाखो हुनुपर्ने कुरामा जोड दिएका थिए ।
साथै कार्यक्रम मा राधा कृष्ण जनसेवा केन्द्र का केन्द्रीय अध्यक्ष दिनेश श्रेष्ठ, कमैया महिला जागरण समाजका केन्द्रीय अध्यक्ष कृष्णी थारु ,नागरिक समाज बर्दियाका संयोजक हेमा सुनार, पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए।
आज भएको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख ईन्द्र राज खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। भने कार्यक्रमका प्रमुख अतिथि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल रहेका थिए भने अतिथिहरूमा सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी , कमैया महिला जागरण समाजका केन्द्रीय अध्यक्ष कृष्णी थारू, राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ , पत्रकार महासंघ बर्दिया का अध्यक्ष निर्मल घिमिरे, नागरिक समाज सन्जाल बर्दिया का संयोजक हेमा सुनार, बर्दिया का आठ ओटै पालिका का रोजगार संयोजक , सञ्चारकर्मी र सरोकार वाला सबै पालिका का श्रमिकहरु र महिला श्रमिक लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा उद्यम विकास सहजकर्ता खिमा मगर ले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP