Trend
शनिबार , भाद्र २७, २०८३

बर्दियामा सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन लागू हुँदा  आम्दानी र रोजगारी सृजना गर्दै सामुदायिक वन

/ बर्दिया,असार ३१

लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा “समृद्धिका लागि वन परियोजना” अन्तर्गत दिगो वन व्यवस्थापन तथा सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन लागू भएपछि स्थानीय उपभोक्ता, स:मिल तथा काठ ब्यवसायीहरुलाइ आम्दानी र रोजगार सृजना भएको छ। बर्दियामा २ सय ५४ वटा सामुदायिक रहेका छन् भने डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र करिब २० हजार ४ सय ९२ दशमलव ९१ हेक्टर वन रहेको छ।आर्थिक वर्ष २०८२/०८३ मा १ सय २० वटा सामुदयिक वनका १५ हजार हेक्टर क्षेत्रफलमा दिगो वन व्यवस्थापन तथा सम्वर्द्धन प्रणालीमा आधारीत वन व्यवस्थापन कार्ययोजना बनाई वन व्यवस्थापन भएको छ भने ७ दशमलव ५ लाख घन फिट काठ उत्पादन हुने अनुमान गरिएको छ। त्यस मध्य ५ लाख १५ हजार घन फिट काठ उत्पादन भइसकेको छ। असार मसान्तसम्म जम्मा ७ लाख ५० हजार घन फिट काठ उत्पादन हुनेछ। हालसम्म काठ बिक्री वितरण गर्दा ३६ करोड रुपैयाँ सामुदायिक वनमा आम्दानी भएको छ भने लुम्बिनी प्रदेश संघ कोषमा ८ करोड र संघीय संघ कोषमा ५ करोड जम्मा भएको छ। यस आर्थिक वर्ष २०८२/२०८३ मसान्तसम्म लुम्बिनी प्रदेश संघ कोषमा १० करोड र संघीय संघ कोषमा ६ करोड सम्म पुग्ने अनुमान छ। सामुदायिक वनबाट उत्पादन भएको काठ २५ प्रतिशत मात्र बिक्री वितरण भएको छ भने १ सय प्रतिशत भएको खण्डमा सामुदायिक वनमा करिब १ अर्ब रुपैयाँ आम्दानी हुने छ। ७ करोड ५० लाख रुपैयाँ बराबरको स्थानिय उपभोक्ताले रोजगारी पाएका छन, स: मिलले चिरान गरे बापत २ करोड भन्दा बढी रोजगारी सृजना भएको छ। सामुदायिक वनमा आम्दानी सङसङै मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि डिभिजन वन कार्यालय बर्दिया र सामुदायिक वनबाट ४० किलोमीटर तारजाली छेकवार गरेको छ। सम्वर्द्धनका मुख्य ३ कुराहरू रहेका छन्। बुढा रुख काट्ने, नयाँ बिरुवा उमार्ने र पहिले उम्रिएका बिरुवालाई हुर्काउने रहेको छ। काट्ने, उमार्ने र हुर्काउने प्रक्रिया निरन्तर चलिरहन्छ। संवर्द्धन प्रणाली लागू भएपछि आम उपभोक्ताहरुले समयमा घर बनाउन सहज तरिकाले काठ दाउरा उपलब्ध हुनुको साथसाथै रोजगारी आय- आर्जनमा टेवा पुगेका छ।

सामुदायिक वनमा आम्दानी भएको रकम १ सय प्रतिशतबाट विभिन्न शिर्षकमा खर्च गर्नुपर्ने हुन्छ। ४० प्रतिशत संरक्षण तथा वन व्यवस्थापन गर्नै छ, भने ६० प्रतिशत मध्य ३० प्रतिशत गरिवी न्यूनीकरण, महिला सशक्तीकरण र वन उद्यममा खर्च गर्नुपर्ने हुन्छ भने बाँकी ३० प्रतिशत समुदायको संरक्षण हितमा काम गर्ने रहेको छ। सामुदायिक वनमा भएको आम्दानीले स्थानीय विकास र वन संरक्षण राम्रोसँग हुने सम्भावना बढेको छ। बर्दिया जिल्लामा सबैभन्दा ठूलो समस्याका रुपमा मानव बन्यजन्तु द्वन्द न्यूनीकरणलाई डिभिजन वन कार्यालय र स्थानियसंग मिलेर लैजाने र वन अतिक्रमण नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।डिभिजन वन कार्यालय बर्दियाका अधिकृत विजयराज सुबेदीका अनुसार  स्थानीय समुदायका उपभोक्ताहरु बाहिर काम गर्न जान बाध्य थिए । सम्बर्द्धन प्रणालीमा आधारित वन ब्यवस्थापन लागू भएदेखी घर नजिकै काम गर्न पाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP