Trend
शनिबार , भाद्र २७, २०८३
अबैध केराको बिउबिजनसहित दुई जना पक्राउ
अफजल खान
बर्दिया,असार ३१
भन्सार छली अबैध रुपमा ल्याएको केराको बिउबिजनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ गुलरिया गाउँ स्थितबाट सोही ठाउँका २२ वर्षीय अनुमोल बानिया र पिन्टु कुमार गुप्तालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो । भारतबाट भन्सार छली केराको बिउबिजन ल्याईरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भे २ प ४४३ नंम्बरको मोटरसाइकलमा केराको बिउबिजन लोड गरि नेपालतर्फ ल्याईरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाईएको छ ।
नियन्त्रणमा लिईएको मोटरसाइकलसहित केराको बिउबिजन अन्दाजी मुल्य रु ७ लाख ३१ हजार बराबर रहेको जनाईएको छ । अबैध रुपमा ल्याईएको केराको बिउबिजनसहित दुई जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाईएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP