Trend
शनिबार , साउन ९, २०८३

ज्ञानेन्द्र पोख्रेल
बढैयाताल, बर्दिया। बढैयाताल गाऊँपालिका कृषि विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम यहि अषाढ ३२ गते सम्पन्न भएको छ।

बढैयाताल गाऊपालिका भित्र रहेका २६२ जना कृषकहरु यस वर्षको छनौटमा परेका ले ५०% अनुदानका कृषि तथा पशु पंक्षीजन्य यन्त्र उपकरण वितरण गरिएको थियो ।

बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभापतित्वमा भएको कृषि यन्त्र वितरण कार्यक्रममा प्रमुख अतिथि बढैयाताल गाउँपालिका का प्रमुख हिमालय त्रिपाठी ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू , वडा नं ५ का अध्यक्ष तुलाराम थारू नं. ६ का वडा अध्यक्ष शुक्र राज सापकोटा , वडा नं ९ का अध्यक्ष विर बहादुर थारू , कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव , पशु शाखाका प्रमुख,जनप्रतिनिधि, कर्मचारी तथा कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै आज वितरण गरिएका कृषि तथा पशुपक्षीजन्य सामाग्रीहरू मा पानी तान्ने मोटर ३९ वटा, डेलिभरी पाइप ९१५ किलो, स्प्रे टङ्की ७२ वटा, मकै रोप्ने मेसिन ४ वटा , टनेल प्लास्टिक २१ वटा , माल्चिड प्लास्टिक १२ वटा, ग्रिननेट ५ वटा, घाँस काट्ने मेसिन २१ वटा, काउम्याट ८१ वटा, मिल्क क्यान १२ वटा, ठेलागाडा १० वटा गरी टोटल २६२ जना किसानहरु लाई ५० प्रतिशत अनुदानमा कृषि तथा पशुपक्षी जन्य सामाग्री वितरण गरिएको जानकारी कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तवले कार्यक्रम दिएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले कृषिमा आधुनिक प्रविधि र यन्त्रीकरणको प्रयोग बढाई उत्पादन वृद्धि तथा कृषकको आयस्तर सुधार गर्ने उद्देश्यले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले कृषिमा उत्पादन बढाई आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने तथा कृषकहरूको जीवनस्तर उकास्न यस बढैयाताल गाऊपालिका निरन्तर लागिपरेको बताउनुभयो।
कार्यक्रममा बढैयाताल गाऊपालिका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव किसानहरु को माग को आधारमा ५०% अनुदानमा गाऊपालिकाले उपलब्ध गराएका कृषि यन्त्र तथा उपकरणहरूको सही सदुपयोग गरी उत्पादन वृद्धि, कृषिमा आत्मनिर्भरता र कृषकको आर्थिक अवस्था सुदृढ बनाउन सबै कृषकलाई आग्रह गर्नुभयो । साथै यस वर्षको बढैयाताल गाऊपालिका ले कृषि क्षेत्रको लागी विनियोजित बजेट बाट यि सामाग्री हरु वितरण गरिएको हो । भने वितरण गरिएको सामाग्री करिब २६ लाख मुल्य बराबरको रहेको कृषि शाखाले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP