कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / साउन ६ / थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाको आयोजना र बढैयाताल गाउँपालिका वडा न ९ को समन्वयमा स्वस्थ्य परिवार कुपोषण मुक्त समाज निर्माण भन्ने कुरा साकार पार्ने उद्देश्यले कुपोषण न्यूनीकरणका लागि सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम यहि श्रावण ६ गते वडा नं ९ को सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यक्रमको औचित्य र उद्देश्य माथी थारू महिला उत्थान केन्द्रका सुब्बा राम थारुले विस्तृत जानकारी गराएका थिए ।
थारू महिला उत्थान केन्द्र का कार्यकारी निर्देशक प्रिज्मा सिंह थारू को सभापतित्व मा भएको कार्यक्रम का प्रमुख अतिथि वडा नं ९ का अध्यक्ष विर वहादुर थारू रहेका थिए साथै कार्यक्रममा थारू महिला उत्थान केन्द्र का सुब्वाराम थारू, स्वास्थ्य संस्थाका प्रमुख अनुप सिंह थारू, पोषण सहजकर्ता बिनोद श्रेष्ठ, पूर्व वडा अध्यक्ष कान्छु थारू , वडा नं ९ भित्र का वडघर, धर्मगुरू, गुरुवा, महिला सुडेनी, र संन्चारकर्मी लगायतक को उपस्थिति रहेको थियो भने कार्यक्रममा उपस्थित सरोकारवालाहरु लाई प्रशिक्षक स्वास्थ्यकर्मी अनुप सिंह थारू ले सहजीकरण गरेका थिए भने व्यक्ति, परिवार, समुदाय तथा सरकारले संयुक्त रूपमा निम्न उपायहरू अपनाउन सकेमा कुपोषण न्युनिकरण हुन सक्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम मा कुपोषण न्युनिकरण गर्न का लागि सन्तुलित र पोषणयुक्त आहार खाने – दैनिक भोजनमा अन्न, दाल, दूध, अण्डा, मासु, माछा, हरियो सागसब्जी र फलफूल समावेश गर्ने।शिशुलाई पहिलो ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने र ६ महिनापछि आमाको दूधसँगै पोषिलो पूरक आहार सुरु गर्ने। गर्भवती तथा सुत्केरी महिलाको पोषणमा विशेष ध्यान दिने तथा आवश्यक आइरन, फोलिक एसिड र अन्य पोषण तत्त्व सेवन गर्ने ,भिटामिन ए, आइरन, जिंक तथा आयोडिनयुक्त नुनको प्रयोग गर्ने र सरकारले सञ्चालन गर्ने पोषण कार्यक्रमको लाभ लिने। सरसफाइ र सुरक्षित खानेपानीको प्रयोग गर्ने, साबुनपानीले हात धुने र खुला दिसामुक्त वातावरण कायम गर्ने। बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, खोप र तौल अनुगमन गर्ने तथा बिरामी परेमा समयमै उपचार गराउने। पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने ताकि परिवारले सही खानपान र स्याहारको अभ्यास गर्न सकून्।घरमै पोषण बगैँचा र पशुपालन प्रवर्द्धन गर्ने, जसबाट ताजा तरकारी, फलफूल, दूध र अण्डा उपलब्ध हुन्छ। गरिब तथा जोखिममा रहेका परिवारलाई खाद्य तथा पोषण सहयोग उपलब्ध गराउने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने लगायतका विषयमा सहजीकरण गरिएको थियो साथै यी उपायहरूको प्रभावकारी कार्यान्वयनबाट कुपोषणको समस्या उल्लेखनीय रूपमा घटाउन सकिने भएकोले सबै सचेत नागरिक लाग्नु पर्ने कुरामा जोड दिईएको थियो ।
साथै कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रम का प्रमुख अतिथि वडा अध्यक्ष विर बहादुर थारू ले भन्नुभयो कार्यक्रम मा उठेका विषयहरु लाई न्युनिकरण गर्ने सबै एक भएर लाग्नुपर्ने र सबै लागेमा अवस्य नै कुपोषण न्युनिकरण हुने बताउनु भयो भने वडा नं ९ मुक्तमुक्त कमैया, सुकुम्बासी र गरिब जनताहरू बसोबास गर्ने वडा भएकोले कुपोषणको संख्या उच्च रहेको र यसलाई न्यूनीकरण गर्नको लागि सबै नागरिकमा सचेतना जगाउनुपर्ने कुरामा जोड दिनुभयो। साथै सबै जनाले हातमा हात काँधमा काँध मिलाई लागेमा बालबालिका तथा समुदायको समग्र स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको बताए यसै गरी थारू महिला उत्थान केन्द्र का कार्यकारी निर्देशक प्रिज्मा सिंह थारू ले संघ संस्था हरु त केही समयको लागि मात्र यस समुदायमा रहने भएकोले कुपोषण न्युनिकरण का लागि समुदायका व्यक्तिहरु नै समुदायमा जानु पर्ने कुरा मा जोड दिएकी थिइन् भने यस वडामा कुपोषणको समस्या धेरै रहेको ले सब मिलि लाग्नु पर्ने कुरामा जोड दिइन् । साथै यस संस्थाले वडा नं ९ मा सुरक्षित स्तनपान सम्बन्धी सचेतना कार्यक्रम समेत आज नै सम्पन्न गरेको थियो । यस कार्यक्रममा वडा नं ९ भित्र का स्तनपान गराउने १ वर्ष भन्दा कम उमेरका बालवालिका रहेका आमाहरुको उपस्थिति रहेको थियो ।





