Trend
शनिबार , भाद्र २७, २०८३
संरक्षित वन्यजन्तुको छालासहित एक पक्राउ
बर्दिया,साउन १०
संरक्षित वन्यजन्तु उदबिलावको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका–१ दौलतपुर स्थितबाट संरक्षित वन्यजन्तुको छालासहित सोही ठाउँका २७ वर्षीय अरुण सोनाहालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सोनाहाको साथबाट ४ फिट ५ इन्च लम्बाई र ८ इन्च चौडाईको संरक्षित वन्यजन्तु उदबिलावको छाला बरामद भएको छ । वन्यजन्तुको छालासहित सोनाहालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP