बाँकेको कोहलपुरमा दुःखद घटना सेफ्टी ट्यांकी को सेटरिङ खोल्ने क्रममा तिन जना को मृत्यु
बाके/ कोहलपुर नगरपालिका वडा नम्बर ३ शान्ति टोलीमा निर्माणाधिन सेफ्टी ट्यांकी को सेटरिङ खोल्ने क्रममा सेफ्टी ट्यांकी भित्र पसेका तिन जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नं ३ बस्ने कालु थारू’ प्रकाश थारू, र बिर्जा थारू रहेका छन् भने अहिले मृतकहरुको शव सेफ्टी ट्यांकी बाट प्रहरी ले बाहिर निकालेको छ । प्रारम्भिक अनुशन्धान बाट निज मृतकहरु सेफ्टी ट्यांकी को सेटरिङ खोल्न भित्र पसेका र भित्र अक्सिजन कम भएको कारण निस्सासीयर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






