Trend
बुधबार , साउन १३, २०८३

कुटपिटबाट वनका कर्मचारी गम्भिर घाईते
बर्दिया,साउन १३
कुटपिटबाट डिभिजन वन कार्यालयका कर्मचारी गम्भिर घाईते भएका छन् । डिभिजन वन कार्यालयका इन्जिनियर शुभम यादवमाथि सोमबार राती कुटपिट भएको हो । कुटपिटबाट इन्जिनियरको टाउकोमा गम्भिर चोट लागेर सात वटा टाका लागेको छ ।
कार्यालय हाताभित्र रहेको चमेना गृहमा बसिरहेको अवस्थामा युवाहरु कार्यालयमा प्रवेश गर्दा सोधपुछ गर्दा एक्कासी कुटपिट गरेको पीडित इन्जिनियर यादवले बताउनु भयो । उहाँले भन्नुभयो,‘गुलरिया नगरपालिका वडा नंम्बर ५ का सनम बुढाथोकी, रोशन पराजुली र रक्षक शाहले कुटपिट गर्दा टाउकोमा गम्भिर चोट लागेको छ ।’ तीनै जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा मंगलबार किटानी जाहेरी दर्ता गराईसकेको इन्जिनियर यादवले बताउनु भयो ।
यस्तै मंगलबार डिभिजन वन कार्यालय अगाडि मंगलबार दिउँसो टेन्डरको विषयमा विवाद हुँदा कुटाकुटको स्थिती सिर्जना भयो । काठ व्यवसायीमाथि एक समूहले धारिलो हतियार प्रहार गर्दा गुलरिया नगरपालिका–२ खैरापुरका ३६ वर्षीय ब्रिजेस यादवको टाउ र ढाडमा,४२ वर्षीय निरंकार यादवको दुबै हात, ३४ वर्षीय रितेश यादवको टाउको र २१ वर्षीय ओमबाबु यादवको हातमा गहिरो चोट लागेको छ । उनीहरुलाई उपचारको लागि नेपालगंज लगिएको जनाईएको छ ।
डिभिजन वनले काठ लिलामको लागि टेन्डर आह्‌वान गर्दा केहीदिन यता डिभिजन वन कार्यालय अगाडि भिडभाँड हुने गरेको छ ।
कुटपिटमा संलग्न गुलरिया नगरपालिका–५ का २७ वर्षीय गणेश बुढाथोकीलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । उहाँको अनुसार कुटपिटमा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP