बर्दियामा मृत अवस्थामा वयस्क भाले गैंडा फेला
बर्दिया,
मृत अवस्थामा वयस्क भाले गैंडा फेला परेको छ। गेरुवा गाउँपालिका-६ स्थित कर्णालीको गेरुवा भंगालोमा मृत अवस्थामा शनिबार गैंडा फेला परेको हो। अन्दाजी २० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी महेश न्यौपानेले बताउनुभयो । एकआपसमा जुधेर गैंडाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृत फेला परेको गैंडाको खागसहित सम्पुर्ण अंग सुरक्षित रहेको छ। सुचना अधिकारी न्यौपानेका अनुसार पोष्टमार्टमपछि मृत्युको कारण खुल्नेछ ।





