Trend
बुधबार , कार्तिक २०, २०८२

बलिउड नायिका मिनिषा लाम्बाले सन् २०१५ मा बिहे गरेकी थिइन् । तर, उनको बैबाहिक जीवन लामो समयसम्म चल्न सकेन । गतबर्ष मिनिषाले आफ्ना पतिसँग डिभोर्स गरेकी थिइन् ।

उनै, मिनिषाले आफू एक पुरुषको प्रेममा रहेको खुलाएकी छिन् । मिनिषाले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘कुनै पनि व्यक्तिसँगको प्रेम वा बैबाहिक जीवनको अन्त्य हुनु भनेको जीवनको नै अन्त्य हुनु होइन । म यतिबेला एक पुरुषको प्रेममा छु । हामी, प्रेममा निकै खुशी छौ ।’

उनले डिभोर्सको बारेमा कुरा गर्दै भनेकी छिन्–‘यदि, जीवन एकसाथ चल्न सकेन भने दुई जना मानिसहरु एकसाथ नरहँदा नै राम्रो हुन्छ । यसमा दुवै जना गलत हुँदैनन् । यस्तो परिस्थितीमा कसैलाई पनि दोष दिनु गलत हुन्छ । किनकी, कतिपय कुराहरु निजी हुन्छन् र यस्तो समयमा अरुलाई दोष दिनु उसको अपमान गर्नु हो ।’

मिनिषले सन् २००५ मा बलिउड चलचित्र ‘यहाँ’बाट करिअर सुरु गरेकी थिइन् । यसपछि उनले ‘हनिमुन ट्राभल्स प्राइभेट लिमिटेड, बचना ए हसिनो, किन्ड्याप, वेल डन अब्बा, हम तुम शबाना’ लगायतका चलचित्रमा काम गरेकी छिन् । उनी सन् २०१४ मा ‘बीग बोस’मा पनि सहभागी भएकी थिइन् ।

पछिल्लो समय उनी आफ्नो डिजिटल प्रोजेक्टमा व्यस्त छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP