Trend
बिहिबार , जेठ २८, २०८३

मुगु  जिल्ला अस्पातलमा एक्सरे सेवा रोकिँदा उपचार प्रभावित भएको छ ।

एक्सेर शाखाकी मञ्जु बोहोरा परीक्षा दिन जिल्ला कार्यालय छोडेर जिल्ला बाहिर गएकी र अर्का कर्मचारी रुपेश मल्लले चार महिनादेखि तलब नपाएको भन्दै काम गर्न छोडेपछि बिरामीले दुई दिनदेखि एक्सरे गर्न पाएका छैनन् ।

दुई दिनदेखि एक दर्जन बिरामी एक्सरेको पखाईमा बसेका छन् । टाढाबाट अस्पतालमा एक्सरे गर्न आएका बिरामी झन् अप्ठेरोमा परेका छन् । जिल्ला अस्पतालले पनि तत्काल एक्सरे शाखामा स्वास्थ्यकर्मीको व्यावस्था गर्न नसकेको बिरामीको गुनासो छ । एक्सरे शाखामा कार्यरत मञ्जु परीक्षा दिन गएकी र रुपेशले चार महिनादेखि तलब नपाएर काम गर्न छोडेपछि बिरामीलाई एक्सरे गर्न गाह्रो भएको निमित्त स्वास्थ्य सेवा व्यावस्थापक ज्ञानसिंह बुढाले बताए । अग्रिम जानकारी नदिएर मञ्जले कार्यालय छाड्दा बिरामीलाई एक्सरे गर्न कठिन भएको उनले बताए ।

बिरामीको एक्सरे सेवा प्रभावित नहोस् भन्ने हिसाबले पहल गरिरहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक करुणा भट्टराई शुक्रबार कार्यालय छोडेर घरतर्फ हिँडेपछि जिल्ला अस्पतालमा एक्सरे शाखा लगायत अन्य प्रशासनिक कामकाज समेत प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP