ग्लोबल आइएमई बैंकको बालबालिका लक्षित ‘ग्लोबल जुनियर एप’ सार्वजनिक
भाद्र १८, २०८१ मंगलबार ५७२ पटक हेरिएको
ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ।बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो।बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफैँ डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समूहका बालबालिकाहरूले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन्।यो एप मार्फत बालबालिकाहरूले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ।साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरूको लागि ग्लोबल जुनियर एपमार्फत् नवीनतम वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ।