Trend
बुधबार , कार्तिक २०, २०८२

राम प्रसाद चौहान बर्दिया,भाद्र १८
नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज पर्व खर्चिलो र भड्किलो नबनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । नजिकिदै गरेको तीज पर्वलाई सम्य र अनुशासित रुपमा मनाउन प्रशासनले अनुरोध गरेको हो । तीज पर्व नेपाली महिलाहरुको एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आईएको छ । यस्ता साँस्कृतिक पर्वहरुले सबै नेपालीहरुको बिचमा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने प्रशासनको विश्वास छ । विगतको तुलनामा हालका वर्षहरुमा तीज मनाउने नाममा अनावश्यक भड्किला र खर्चिला कार्यक्रम बढ्दै गईरहेको प्रशासनले जनाएको छ । परम्परा एवंम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवद्र्धन गर्ने हामी सबै जिल्लावासीको साँझा कर्तव्य भएको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP