Trend
बिहिबार , जेठ २८, २०८३

राम प्रसाद चौहान बर्दिया,भाद्र १८
नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज पर्व खर्चिलो र भड्किलो नबनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । नजिकिदै गरेको तीज पर्वलाई सम्य र अनुशासित रुपमा मनाउन प्रशासनले अनुरोध गरेको हो । तीज पर्व नेपाली महिलाहरुको एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आईएको छ । यस्ता साँस्कृतिक पर्वहरुले सबै नेपालीहरुको बिचमा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने प्रशासनको विश्वास छ । विगतको तुलनामा हालका वर्षहरुमा तीज मनाउने नाममा अनावश्यक भड्किला र खर्चिला कार्यक्रम बढ्दै गईरहेको प्रशासनले जनाएको छ । परम्परा एवंम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवद्र्धन गर्ने हामी सबै जिल्लावासीको साँझा कर्तव्य भएको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP