Trend
मंगलबार , भाद्र ३०, २०८३

राम प्रसाद चौहान बर्दिया,भाद्र १९
लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरका २८ वर्षिय योगेन्द्र सिलाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरी विओपीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिलाललाई नियन्त्रणमा लिएको छ । साइकलमा सवार सिलाल भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेका थिए । उनलाई नियन्त्रण लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकले बेरेर राखेको अवस्थामा उनको साथबाट ४ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगरको धुलो बरामद भएको छ । सिलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP