Trend
मंगलबार , भाद्र ३०, २०८३
  1. राम प्रसाद चौहान ,बर्दिया,भाद्र २०
    लागु औषध र सुनको गहनासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ भादापुल नजिकबाट लागु औषधसहित दुई र बढैयाताल गाउँपालिका–७ स्थितबाट सुनको गरगहना,लागु औषधसहित दुई जना गरि ४ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
    भे ११ प १७२३ नंम्बरको मोटर साइकलमा शंकास्पद रुपमा सवार रहेका गुलरिया नगरपालिका–१२ का ३६ वर्षिय अब्दुल सलाम र २१ वर्षिय रेवती प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर फेला परेको छ । दुवै जनाको साथबाट शुद्ध तौल ३० मिलीग्राम लागु औषध ब्राउन सुगरको धुलो पदार्थ र नगद रु ८२ हजार ७१ फेला परेको प्रहरीले जनाएको छ ।
    त्यसैगरि भारतबाट नेपालतर्फ ने १२ प ३३६ नंम्बरको मोटर साइकलमा शंकास्पद रुपमा सवार रहेका मधुवन नगरपालिका–७ का २९ वर्षिय बिनोद सुनार र वडा नंम्बर ६ का ३२ वर्षिय हरि बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सुनको गरगहना फेला परेको छ । दुवै जनाको साथबाट १ सय ७५ ग्राम २ सय ८० मिली ग्रामको सुनको माइली तिलहरी, ७७ ग्राम १ सय ७० मिलीग्रामको सुनको चोक्कर, ४ ग्राम २ सय ३० मिलीग्रामको कानमा लगाउने पिजडा, ५ ग्राम ७ सय २० मिलीग्रामको सिक्री, ८ सय २० मिलीग्राम काँचो सुनको जस्तो देखिने सानो दाना, शुद्ध तौल ९ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर र नगद रु २ हजार ९ सय ९५ फेला परेको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP