Trend
बुधबार , कार्तिक २०, २०८२
  1. राम प्रसाद चौहान ,बर्दिया,भाद्र २०
    लागु औषध र सुनको गहनासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ भादापुल नजिकबाट लागु औषधसहित दुई र बढैयाताल गाउँपालिका–७ स्थितबाट सुनको गरगहना,लागु औषधसहित दुई जना गरि ४ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
    भे ११ प १७२३ नंम्बरको मोटर साइकलमा शंकास्पद रुपमा सवार रहेका गुलरिया नगरपालिका–१२ का ३६ वर्षिय अब्दुल सलाम र २१ वर्षिय रेवती प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर फेला परेको छ । दुवै जनाको साथबाट शुद्ध तौल ३० मिलीग्राम लागु औषध ब्राउन सुगरको धुलो पदार्थ र नगद रु ८२ हजार ७१ फेला परेको प्रहरीले जनाएको छ ।
    त्यसैगरि भारतबाट नेपालतर्फ ने १२ प ३३६ नंम्बरको मोटर साइकलमा शंकास्पद रुपमा सवार रहेका मधुवन नगरपालिका–७ का २९ वर्षिय बिनोद सुनार र वडा नंम्बर ६ का ३२ वर्षिय हरि बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सुनको गरगहना फेला परेको छ । दुवै जनाको साथबाट १ सय ७५ ग्राम २ सय ८० मिली ग्रामको सुनको माइली तिलहरी, ७७ ग्राम १ सय ७० मिलीग्रामको सुनको चोक्कर, ४ ग्राम २ सय ३० मिलीग्रामको कानमा लगाउने पिजडा, ५ ग्राम ७ सय २० मिलीग्रामको सिक्री, ८ सय २० मिलीग्राम काँचो सुनको जस्तो देखिने सानो दाना, शुद्ध तौल ९ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर र नगद रु २ हजार ९ सय ९५ फेला परेको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP