Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया, २१ भदौ ।

बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको मृत्यु भएको छ भने एक जना विदेशी पर्यटक घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको मृत्यु भएको हो ।गैंडाको आक्रमणबाट ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएका निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो ।

शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित टुरिस्ट गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैंडा अवलोकनका लागि आज बिहान सामुदायिक वनभित्र गएका बेला ८ बजेतिर गैडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकको खुट्टामा चोट लागेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP