Trend
बिहिबार , जेठ २८, २०८३

गुलरिया २१ भदौ

नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा गुलरियामा नगरस्तरिय एकल नृत्य प्रतियोगीता गरिएको छ । मौलिकता झल्कने नेपाली कला र सँस्कृतिको जगेर्ना गर्दै समाजमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउने उद्धेश्यले प्रतियोगीता गरिएको हो ।

 

गुलरिया को मुख्य बजार राधाकृष्ण चोकमा भएको प्रतियोगीतामा १३ जनाले भाग लिएका थिए । जसमध्ये यमुना भण्डारी प्रथम, नेहा क्षेत्री द्धितिय, गंगा बोहोरा तृतिय र योगिता यादव सान्त्वना स्थान प्राप्त गर्न सफल भएको निर्णायक मण्डलकी संयोजक संगिता थापाले जानकारी गराउनु भयो ।

नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक थापा सहित कलाकार नरेन्द्र श्रेष्ठ र सन्ध्या श्रेष्ठ सदस्य रहनु भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ४ हजार, तृतिय हुनेलाई ३ हजार र सान्तवना पुरुषकार १ हजार ५ सय प्रदान गरिएको आयोजक ज्ञानुमाया रिजालले जानकारी दिनुभएको छ ।

हाम्रो कला संस्कृती कायम राख्न तथा झल्काउनका लागि तिजको अवसर पारेर आफ्नै मौलिकता झल्कने तिज गित प्रतियोगिताको आयोजना गरिएको रिजालले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादवले सम्पूर्ण नगरवासीहरुमा हरितालिका तिजको शुभकामना दिनु भयो ।

कला भएर पनि स्थान नपाएका नव प्रतिभावान बालबालिकालाई उत्साह थप्ने काम गरिएको बताउनु भयो । अगामी बर्षमा नगरपालिकाले सहयोग गर्दै जाने बताउनु भएको छ । गुलरिया नगरपालिका तथा वडा नम्बर ७/६/५ र ४ कार्यालयबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । कार्यक्रमको संचालन मिना थापाले गर्नु भएको छ ।

संस्कृती बचाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्नेमा जोड दिन थालिएको छ । हरितालिका तिजका अवसरमा बर्दियाका विभिन्न पालिकाहरुमा साँस्कृतिक कार्यक्रमहरु गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP