Trend
शनिबार , भाद्र २७, २०८३

 

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

विभिन्न दफा र उपदफाहरूमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशोधनको प्रस्ताव अघि बढाएको हो । २०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो । प्रदेश प्रमुखले विधेयकलाई मङ्सिर २१ गते प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको थियाे।साभार रातोपाटि

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP