Trend
बिहिबार , जेठ २८, २०८३

 

गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायी विरुद्ध नेपालगञ्जस्थित औषधि व्यवस्था विभागले मुद्दा दर्ता गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा औषधि व्यवसायी विरुद्ध ७ वटा मुद्दा अदालतमा दर्ता गरेको कार्यालय प्रमुख निनु श्रेष्ठले बताइन् ।

यस्तै आर्थिक बर्ष २०८०/८१ मा ४३ जनालाई विभागीय कारबाही समेत गरिएको छ । विभागले बाँकेका ३, कैलालीका २ र दाङका २ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको श्रेष्ठले जानकारी दिइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा लुम्बिनीका ६ वटा जिल्ला कार्य क्षेत्र रहेको औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार विभागीय कारबाहीमा पर्नेमा सबैभन्दा बढी बाँकेका १९ जना छन् ।

यस्तै कैलालीका ८, बर्दियाका ६, सुर्खेतका ५, कालिकोट र बर्दियाका २ /२ र दाङका १ जना विभागीय कारबाहीमा परेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिइन् । औषधि व्यवस्था विभागले अनुचित र गैरकानुनी काम गर्ने औषधि व्यवसायीलाई दुई प्रक्रियाबाट कारबाही गर्ने गर्दछ ।

औषधि ऐन २०३५ र अदालती प्रक्रियाबाट कारबाही गर्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिइन् । औषधि पसलहरूले चोरी पैठारी गरेर औषधि भित्र्याउने, औषधिको अनुचित प्रयोग तथा दुरुपयोग गर्ने लगायतका समस्या बढी देखिएको श्रेष्ठको भनाई छ ।

कम जनशक्ति र ठूलो कार्य क्षेत्र भएकाले सोचे जसरी अनुगमन गर्न नसकिएको औषधि व्यवस्था विभाग।साभारस्वस्थपेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP