Trend
शनिबार , भाद्र २७, २०८३

ए.बि.पि न्युज नेपाल सवादाता
बर्दिया,असोज २
गएराती बर्दियामा एक महिलाको हत्या भएको छ । बारबर्दिया नगरपालिका–५ तर्कापुर बस्ने ३९ वर्षिय मिना थारुको गएराती साढे १२ बजे हत्या भएको हो । हत्या गरेर भाग्दै गरेको अवस्थामा बारबर्दिया नगरपालिका–५ सिटीबरेली स्थितबाट बारबर्दिया नगरपालिका–११ जब्दी बस्ने ४० वर्षिय पप्पु भनिने शिव प्रसाद थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


गएराती १२ बजेर २० मिनेटमा शिव प्रसाद मिनाको घरमा गई धारिलो हतियार प्रहार गर्दा टाउको र घाँटीमा गहिरो चोट लागेको थियो । गहिरो चोट लागेर गम्भिर घाईते भएकी मिनालाई उपचारको लागि नगर अस्पताल जयनगर पु¥याईएको थियो । चिकित्सकले चेकजाँच गर्दा साढे १२ बजे मृत घोषणा गरेका थिए ।


थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP