ए.बि.पि न्युज नेपाल सवादाता
बर्दिया,असोज २
गएराती बर्दियामा एक महिलाको हत्या भएको छ । बारबर्दिया नगरपालिका–५ तर्कापुर बस्ने ३९ वर्षिय मिना थारुको गएराती साढे १२ बजे हत्या भएको हो । हत्या गरेर भाग्दै गरेको अवस्थामा बारबर्दिया नगरपालिका–५ सिटीबरेली स्थितबाट बारबर्दिया नगरपालिका–११ जब्दी बस्ने ४० वर्षिय पप्पु भनिने शिव प्रसाद थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


गएराती १२ बजेर २० मिनेटमा शिव प्रसाद मिनाको घरमा गई धारिलो हतियार प्रहार गर्दा टाउको र घाँटीमा गहिरो चोट लागेको थियो । गहिरो चोट लागेर गम्भिर घाईते भएकी मिनालाई उपचारको लागि नगर अस्पताल जयनगर पु¥याईएको थियो । चिकित्सकले चेकजाँच गर्दा साढे १२ बजे मृत घोषणा गरेका थिए ।


थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP