Trend
शनिबार , भाद्र २७, २०८३

ए.बि.पि न्युज नेपाल सवादाता
बर्दिया,असोज २
आसन्न असोज ५ गते हुने उद्योग वाणिज्य संघ गुलरियाको १०औं अधिवेशनको लागि सर्वपक्षिय समावेशी प्यानल घोषणा गरिएको छ । सर्वपक्षिय समावेशी प्यानल प्रचार प्रसार समितिले मंगलबार पत्रकार सम्मेलन गरि प्यानल घोषणा गरेको हो । लामो समयको कसरतपछि सर्वपक्षिय समावेशी प्यानलको लागि सहमति जुटेको छ ।


सर्वपक्षिय समावेशी प्यानलमा अधिकांश पुरानै अनुहार दोहोरिएको देखिन्छ भने कतिपय नयाँ अनुहार छन् । सबै उद्योगी व्यापारीहरुलाई मिलाएर सर्वपक्षिय समावेशी प्यानल तयार गरि निर्वाचनको लागि अघि बढेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
आसन्न निर्वाचनको लागि सर्वपक्षिय समावेशी प्यानलले घोषणा गरेको उम्मेदवारमा अध्यक्ष पदमा देवेन्द्र (मंगल) पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रथममा इन्द्र कुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सुरेन्द्र वागाले, तृतिय उपाध्यक्षमा विष्णु कुमार सेठ्ठी, महासचिवमा मोहित पौडेल, सचिवमा श्रीकृष्ण थारु, कोषाध्यक्षमा केशव रिजाल, सहकोषाध्यक्षमा लिला सुनार छन् ।

त्यसैगरि सदस्यमा घनश्याम लोध, जकिर हुसेन (डाक्टर), सुमित्रा चौधरी, कुमार पुरी, नविन चौधरी, मोहम्मद मैहमुद रजा मनिहार, पिताम्बर घिमिरे, सुरेन्द्र गौतम, ओसिम अहमद ईद्रिसी, अशोक कुमार केसी, रमेश रावल र सरदिप ढुङगाना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP