Trend
बिहिबार , माघ २, २०८२

  बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बुधबार बेलुका करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुर स्थित नेपालगन्ज अगैया हुलाकी सड्क खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाएकल एक आपसमा ठोकिँदा भे १२ प ३१९५ नम्बरका मोटरसाइकल चालक रामशरण थारु र भे १२ प ४८२८ का मोटरसाइकल चालक बसन्त थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनालाई नर्सिङ्ग होम नेपालगन्जमा उपचारका लागि पठाईएको प्रहरी नायव निरिक्षक भद्रसिंह वलीले जानकारी दिए । 
घाइते हुनेहरुमा अजय थारु, संगिन थारु र संजय थारु रहेका छन् ।
तीन वटै घाइतेहरुको मुख र हातमा चोट लागेको छ भने अवस्था सिरियस रहेको प्रहरी नायव निरीक्षक वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP