Trend
बिहिबार , जेठ २८, २०८३

  बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बुधबार बेलुका करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुर स्थित नेपालगन्ज अगैया हुलाकी सड्क खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाएकल एक आपसमा ठोकिँदा भे १२ प ३१९५ नम्बरका मोटरसाइकल चालक रामशरण थारु र भे १२ प ४८२८ का मोटरसाइकल चालक बसन्त थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनालाई नर्सिङ्ग होम नेपालगन्जमा उपचारका लागि पठाईएको प्रहरी नायव निरिक्षक भद्रसिंह वलीले जानकारी दिए । 
घाइते हुनेहरुमा अजय थारु, संगिन थारु र संजय थारु रहेका छन् ।
तीन वटै घाइतेहरुको मुख र हातमा चोट लागेको छ भने अवस्था सिरियस रहेको प्रहरी नायव निरीक्षक वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP