Trend
शनिबार , भाद्र २७, २०८३

काठमाडौं । ‘अवतार’ र ‘टाइटानिक’ फिल्म निर्देशक जेम्स क्यामरुनले आणविक त्रासदीबाट बाँचेका जापानीको कथावस्तुमा कथानक फिल्म ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’ निर्देशन गर्ने भएका छन् ।

यसका लागि अस्कर विजेता फिल्ममेकरले चार्ल्स पेलेग्रिनोको आगामी पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’को एडप्टेसन अधिकार खरिद गरेको डेडलाइनले जनाएको छ । उनी उक्त पुस्तकलाई फिचर फिल्ममा रुपान्तरण गर्न चाहन्छन् ।

समाचारअनुसार क्यामरुनले पेलेग्रिनाका दुई पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’ र ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’बाट कथावस्तु यसमा समेट्नेछन् । चौथो श्रृंखलासम्म बन्ने तयारीमा रहेका ‘अवतार’मा काम सकेपछि उनी यो प्रोजेक्टमा जुट्नेछन् ।
दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी दुवै थलोको आणविक बम विष्फोटबाट बाँचेका जापानी व्यक्तिको पीडादायी सत्यकथालाई फिल्मले पेश गर्नेछ । पेलेग्रिनोका पुस्तकले बाँचेकाहरुका अनुभव केलाउँछन् र सन् १९४५ अगस्टको उक्त विनाशकारी घटनाको पुरातात्विक अवलोकनको काम पनि गर्छन् ।
ती दुई थलोमा भएका आणविक बम विस्फोटमा डेढ लाखदेखि दुई लाख ४६ हजार मानिस मारिएको अनुमान गरिन्छ । सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’पछि क्यामरुनले पहिलोपटक ‘अवतार’ बाहेकका फिल्ममा जुट्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP