काठमाडौं । ‘अवतार’ र ‘टाइटानिक’ फिल्म निर्देशक जेम्स क्यामरुनले आणविक त्रासदीबाट बाँचेका जापानीको कथावस्तुमा कथानक फिल्म ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’ निर्देशन गर्ने भएका छन् ।

यसका लागि अस्कर विजेता फिल्ममेकरले चार्ल्स पेलेग्रिनोको आगामी पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’को एडप्टेसन अधिकार खरिद गरेको डेडलाइनले जनाएको छ । उनी उक्त पुस्तकलाई फिचर फिल्ममा रुपान्तरण गर्न चाहन्छन् ।

समाचारअनुसार क्यामरुनले पेलेग्रिनाका दुई पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’ र ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’बाट कथावस्तु यसमा समेट्नेछन् । चौथो श्रृंखलासम्म बन्ने तयारीमा रहेका ‘अवतार’मा काम सकेपछि उनी यो प्रोजेक्टमा जुट्नेछन् ।
दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी दुवै थलोको आणविक बम विष्फोटबाट बाँचेका जापानी व्यक्तिको पीडादायी सत्यकथालाई फिल्मले पेश गर्नेछ । पेलेग्रिनोका पुस्तकले बाँचेकाहरुका अनुभव केलाउँछन् र सन् १९४५ अगस्टको उक्त विनाशकारी घटनाको पुरातात्विक अवलोकनको काम पनि गर्छन् ।
ती दुई थलोमा भएका आणविक बम विस्फोटमा डेढ लाखदेखि दुई लाख ४६ हजार मानिस मारिएको अनुमान गरिन्छ । सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’पछि क्यामरुनले पहिलोपटक ‘अवतार’ बाहेकका फिल्ममा जुट्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP