Trend
बुधबार , कार्तिक २०, २०८२

काठमाडौँ । अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुन्छ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भई भक्तपुर बस्ने ३० वर्षीय साजन भन्ने लालबहादुर घिसिङ, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २० वर्षीय सुनबहादुर तामाङ र २९ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

उनीहरूले चाँगुनारायण घर भएका नीरज थापालाई प्रलोभनमा पारेर ४० लाख रुपैयाँ ठगी गरी फरार भएका थिए । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पीआरसीबी भक्तपुरको संयुक्त प्रहरी टोलीले असोज ४ गते जडीबुटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
उनीहरू यसअघि पनि विभिन्न ठगीका घटनामा संलग्न रहेको खुलेको छ । उनीहरूको साथबाट एउटा मोटरसाइकल र विभिन्न कम्पनीका मोबाइल ४ थान बरामद गरिएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।साभारातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP