मुम्बई । चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १८ औं सिजन अक्टोबर ५ बाट सुरु हुँदैछ । शोको प्रोमो सार्वजनिक भइसकेको छ ।

योसँगै शोमा सहभागी हुने प्रतियोगीहरुको नाम निरन्तर बाहिर आइरहेको छ । ‘ये रिश्ते हैं प्यार के’ र ‘ये तेरी गलिया’ जस्ता टेलिभिजन कार्यक्रममा सहभागी भएका अविनाश मिश्रा यस सिजनमा प्रतियोगीका रुपमा देखिने भएका छन् ।

‘ये रिश्ता क्या कहलाता है’ शोका चर्चित अभिनेता शहजाद धामीको पनि शोमा आगमन पक्का भएको मानिएको छ । टिभी इन्डस्ट्रीबाट कयामत से कयामत तक शोको हिस्सा रहेका करण राजपाल पनि यस शोको हिस्सा बन्न लागेका छन् । यसका अलावा अभिनेता क्या हुआ तेरा वादा, परिचय, राक्षस, नादन परिन्दे, मेरे अंगने मे र नामकरण जस्ता धेरै शोको हिस्सा भइसकेका छन्।

बलिउड लाइफको रिपोर्टका अनुसार चर्चित टिभी अभिनेत्री निया शर्माले पनि बिग बोस १८ को सम्झौतामा हस्ताक्षर गरेकी छिन् । यसअघि निया शर्माले बिग बोसको एक सिजनमा अतिथि प्रतियोगीका रूपमा भाग लिएकी थिइन् ।

खतरों के खिलाडी १३ को एक हिस्सा रहेकी अभिनेत्री नायरा बनर्जी पनि कार्यक्रममा आउने निश्चित छ । अभिनेत्री दिव्या दृष्टिमा पनि देखिएकी छिन् । टिभी अभिनेत्री चाहत खन्ना पनि कार्यक्रममा सहभागी हुन सक्छन् ।

धीरज धुपर पनि बिग बोस १८ को हिस्सा बन्न लागेका छन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, अभिनेताले शोमा आउन हस्ताक्षर गरिसकेका छन्। धीरज शेरदिल शेरगिल र ससुराल सिमर का जस्ता चर्चित शोको हिस्सा भइसकेका छन् ।

यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, बिग बोस विजेता दीपिका कक्कडका पति र अभिनेता शोएब इब्राहिम पनि शोको हिस्सा हुनेछन्। तर, केही समयअघि एक भिडियोमार्फत उनले शोमा आउने खबरलाई अफवाह भनेका थिए ।

वरिष्ठ अभिनेत्री पद्मिनी कोल्हापुरी पनि शोका निर्माताहरुसँग कुराकानीमा छिन् । खतरों के खिलाडी १४ को फाइनलिस्ट करण वीर मेहरालाई पनि शो अफर गरिएको छ ।साभाररातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP